२१ फागुन, काठमाडौँ । १९ औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र संकटा क्लवविच खेल हुँदैछ । आर्मी आयोजक रुपन्देही ११ लाई तथा संकटाले हिमालयन शेर्पालाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । फाइनल पुगेका दुवै टोलीले घरेलु फुटवलको यो सिजनमा तीन तीन वटा उपाधि जितेका छन् । सिमरा गोल्डकपमा आर्मीलाई हराउँदै संकटाले उपाधि जितेको थियो । आर्मी प्रतियोगिताको दुइपटकको विजेता टीम हो भने संकटाले उपाधि जित्न सकेको छैन । प्रतियोगिताको उपाधि विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउँनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३