काठमाडौं । एसिया कप छनोटमा हङकङविरुद्ध निकै खराब सुरुवात गरेको नेपालले सातौं विकेट पनि गुमाएको छ ।
टिमको स्कोर मात्र ५८ रन हुँदा २४ औं ओभरको पाँचौ बलमा सोमपाल आउट भएका छन् ।
क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात निकै खराब रह्यो । नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा आएका कप्तान पारस खड्का अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् । आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन मात्र बनाए ।
ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् । थप छ रन जोड्दा दीपेन्द्र व्यक्तिगत २ रनमा आउट भए ।
लगतै सागर पुन र सोमपाल कामी आउट भए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५