काठमाडौँ । एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गर्दै नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले एकदिवसीय खेलका लागि मान्यता पाएपछि पहिलो पटक नेदरल्याण्डसँगको खेलमा आफ्नो टोलीलाई जीत दिलाएर टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।
कप्तान पारश खड्का नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले स्वागत गरेका छन् ।
नेदरल्याण्डसँगको पहिलो खेलमा पराजय भोग्नुपरे पनि दोस्रो खेलमा नेपालले रोमाञ्चक जीत हासिल गरेको थियो ।
दोस्रो एकदिवसीय खेलमा १ रनको जीत हासिल गर्न सफल नेपाली टोलीले खेलमा ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनाएको थियो । जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र २१५ रन बनाउन पुग्यो ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०७५