विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा इङ्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको छ ।
खेलको पाँचौं मिनेटमा इङ्ल्यान्डका लागि कायरन ट्रिपियरले शुरुवाती गोल गर्दै अग्रता दिलाएका भएपनि ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गर्दै क्रोएसियाको अग्रता २–१ बनाएपछि यही गोल नै क्रोएशियाका लागि निर्णायक बन्न पुग्यो ।
यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो । क्रोएशिया फाइनलमा पुगेको यो पहिलो पटक हो । अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०७५