काठमाडौं । रुसमा जारी विश्वकप अन्तर्गत बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फ्रान्स फाइनल प्रवेश गरेको छ ।
खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरेको गोल नैं फ्रान्सलाई जित दिलाउन निर्णायक बन्यो ।
सन् १९९८ को विश्वकप विजेत फ्रान्सले २००६ मा पनि फाइनलमा पुग्ने अवसर पाएको थियो ।
आजको खेल नेपाली समयअनुसार राती पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसियाका बीचमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५