जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ ।
राष्ट्रिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा बुधबार खेलको उदघाटन गरेका छन् ।
४९ किलोमिटर दूरीको खेलमा विभिन्न १४ जिल्लाका ३२० जना खेलाडीले भाग लिएको आयोजकले जनाएको छ ।
म्याराथुनको रुट जुम्ला बजार हुँदै डाँफे लेक, न्याउरीगाड, चौथा, डाब, चुचेमारा हुँदै मिलिचौर भएर रारा तालमा रहेको हुटुमा गएर सकिने छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५