काठमाडौं । विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गरेको छ ।
कोलम्बियाका कार्लाेस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिए पछि जापानले पाएको पेनाल्टीमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए ।
जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५