काठमाडौं । उपाधिको दाबेदार मानिएको ब्राजिल आफ्नो पहिलो खेलमा जीत हात पार्न असफल भएको छ । आइतबार राती भएको खेलमा ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।
विश्वकप अन्तर्गत सन् १९७८ पछि ब्राजिलले पहिलो खेल जित्न नसकेको यो पहिलो पटक हो ।
२० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेपछि ब्राजिलले सुरुवाति अग्रता लिएको थियो । तर ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टिभन जुबेरले गोल गरेपछि बराबरीको स्थिति रहन पुग्यो जो खेलको अन्तिमसम्म कायम रह्यो ।
यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५