विश्वकप फुटवल अन्तर्गत शनिबार भएको समूह सीको खेलमा फ्रान्सले विजयी शुरुवात गरेको छ ।
अष्ट्रेलियालाई २–१ ले हराउँदै फ्रान्सले ३ अंक जोडेको छ । खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि एण्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे भने त्यसकोे तीन मिनेटमै जेडिकनले गोल गरेपछि बराबरीको स्थिति रहेको थियो ।
८० औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा पोग्बाले गरेको गोल नै निर्णायक भयो । उनले जिरोउडको पासमा गोल गरेका थिए ।
यससँगै विश्वकप २०१८ मा फ्रान्सले विजयी सुरुवात गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५