काठमाडौं । विश्वकप फुटबलको दोस्रो दिन आज तीन खेल हुदैछन् । समूह ए को दोस्रो खेलमा आज ईजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।
आजै समूह बी का दुई खेल हुनेछन् । बेलुकी पौने ९ बजे मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने सामने हुनेछन् । यो खेललाई समूह चरणको सबैभन्दा कठिन खेलको रुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन हुने देखिन्छ ।
क्रिश्चियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो । दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाईनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिले पनि तिनै खेलाडीहरुको बाहुल्यता छ ।
पहिलो दिनको खेलमा साउदी अरेबियालाई ५–० ले पराजित गर्दै आयोजक रसियाले सानदार जीत हात पारिसकेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५