विश्वकप अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले जीत हासिल गरेको छ । अष्ट्रियालाई ३–० ले हराउँदै ब्राजिलले जितेको हो । जीतका लागि ब्राजिलका तर्फबाट ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले एक एक गोल गरे ।
जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए भने अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते स्वीट्जरल्याण्सँग खेल्दैछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५