रसिद खानको अलराउण्ड प्रदर्शनमा कोलकता नाइट राइडर्सलाई दोस्रो क्वालिफायरमा १३ रनले पराजित गर्दै सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा प्रबेश गरेको छ । हैदरावादले उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ । चेन्नाईले पहिलो क्वालिफायरमा हैदरावादलाई नै पराजित गर्दै फाइनलमा प्रबेश गरेको थियो ।
इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निधाएरित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । हैदराबादका लागि आठौँ क्रममा ब्याटिङ गरेका रसिदले १० बलमा २ चौका र ४ छक्काको मद्दतमा अविजित ३४ रन जोडे । रसिदको आक्रमक ब्याटिङकै सहयोगमा हैदवादले अन्तिम २ ओभरमा ३६ रन जोडेको थियो । बलिङमा कोलकताका कुलदिप यादवले २ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याउँदै राम्रो सुरुवात गरेको कोलकताले नियमित अन्तरमा विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन। कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो। कोलकताका लागि ओपनर क्रिस लिनले सर्वा्धिक ४८ रन बनाए । पावर प्ले सकिदा एक विकेटको क्षतीमा ६७ रन गुमाएको कोलकोता सुदृढ अबस्थामा थियो । कोलकातका लागि मध्यक्रममा शुवमन गिलले ३० रनन जोड्नु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् ।
कोलकताको इनिङ्स ध्वस्त पार्न रसिद खानले ४ ओभरमा १९ रन खर्चेर मिडल ओभरको ३ विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५