१० फागुन, काठमाडौँ । नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरानको एन्फा टेक्नीकल सेन्टरमा भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराएर पुलिस सेमिफाइनलमा पुगको हो । पुलिसलाई जिताउन अभिषेक रिजालले दुई र मानबहादुर परियारले एक गोल गरे । मंगलबार नेपाल पुलिस क्लबले सिक्किम युनाइटेड क्लबसँग खेल्ने भनिएपनि सिक्किम युनाइटेड अनुपस्थित भएपछि अन्तिम समयमा कञ्चनजंघा फुटबल क्लबसँग खेलेको हो । म्यान अफ दि म्याच कञ्चनजंघा फुटबल क्लब सिक्किमका निबास राना घोषित भए । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही ११ र संकटाबिच खेल हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३