अबको २१ दिन पछि रुषमा बिश्वकप फुटबल सुरु हुदै छ । बिश्वकप खेल्न पाउने टोली र खेलाडीको तय भइसकेको छ । यस बिश्वकप धेरै स्टारका लागि समेत सपना सावित भएको छ । फुटबलका पण्डितहरुले तयार गरेको यो सन् २०१८ को बिश्वकप फुटबल नखेल्ने उत्कृष्ट ११
गोलरक्षक
सेभेन उल्रीच ( जर्मनी) : रियल म्याड्रिडसंगको च्याम्पियन्स लिग फाइनलका खेललाई छाड्ने हो भने वायरन म्युनिखका यी गोलरक्षकले यो सिजनभरी उत्कृष्ट प्रदर्शन गरे । मानुयल नुइर घाइते पछि उनले वायरनको ग्लोभ भिर्ने अबसर पाएका हुन् । हाल जर्मनीको सुरुवाती टोलीमा नुयर, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्राप र बर्नाड लेनो चार गोलरक्षक समाबेश भए पछि उल्रीचले खेल्न नपाउने पक्का भएको छ ।
रक्षापक्ति
सर्जीयो रोबर्टो( स्पेन),आइमेइक लापोर्टा फ्रान्स,बेन्डीक हवाइडेस( जर्मनी) र एलेक्स सान्ड्रो( ब्राजिल) :स्पेन यस्तो टोली हो की यस टोलीको हरेक पोजीसनमा अनेकौ क्षमतावान खेलाडी छन् । बार्सीलोनाका दाया रक्षक सर्जीयोले आफ्नो क्लबमा स्थान पक्का गरे । युइएफए ११ मा पनी अटाए । तर यस पटक स्पेनको टोलीमा भने अटाएनन् । ट्रान्सफर कीर्तिामान सहित म्यानचेस्टर सिटीले लापोर्टेलाई टोलीमा भित्र्याएको थियो । घाइते लाउरेन्ट लाउरेन कोसिन्लीलाई प्रतिस्थापन गर्न उनलाई सिटीले झीकाएको थियो । फ्रान्सबाट यु–१७, यु–१८, यु–१९ र यु–२१ समुहमा प्रतिस्पर्धा गरे पनि यस पटक प्रशिक्षक डिडियर डेसक्याम्पको रोजाइमा उनी परेनन् । सन् २०१४ को बिश्वकप विजयी टोलीका हवाइडेसलाई पछिल्लो समय चोटले धेरै सतायो सायद यसै कारण हुन सक्छ, प्रशिक्षक जोचीम लाउले उनलाई टोलीमा राखेनन् । जेरोमी बोएटिङ घाइते भए पछि युभेन्ट्सका भर्सटाइल रक्षक हवाइडेसको अनुपश्थिती जर्मनीलार्य खड्कन पनि सक्छ । युभेन्ट्सकै अर्का रक्षक एलेक्स र मार्सेलो उस्तै छन् । टेटेले एउटै स्टाइलको एउटा खेलाडीलाई टोलीमा राख्ने निर्णय गर्दै एलेक्सलाई बाहीर राखेका छन् ।
मध्यपक्ति
किङ्सले कोम्यान(फ्रान्स),आड्रियन रोबोइट( फ्रान्स),ज्याक विलस्रे( इंग्ल्यान्ड),मारियो गोट्जे ( जर्मनी):वायरनका अर्का खेलाडी कोम्यानले बिश्वकप टोलीमा स्थान बनाउन सकेनन् । लिगामेन्टको चोटसंग अहिले पनि उनी संघर्ष गरिरहेका छन् । उनले अहिले चिकित्सकबाट खेल्ने अनुमती पाए पनि टोलीमा अटाएनन् । यसैगरी, फ्रान्सले पिएसजीका मिडफील्डर रोबोइट पनि टोलीमा परेनन् । ९० मिनेट एउटै लयमा खेल्न उनी भन्दा उपयुक्त मानीएर एनगोलो कान्टे र ब्लेस माटाउडु टोलीमा समाबेश गरिएका छन् । सृजनात्मक मिडफील्डर विलस्रेलाई प्रशिक्षक गेराथ साउथगेटले टोलीमा नराख्नुको कारण भने बुझीएको छैन । गत जर्मनीमा स्टार खेलाडीी गोट्जे पनि यस पटक टोलीमा अटाएनन् । सन् २०१४ को फाइनलमा उनकै गोलले जर्मनी विजयी भएको थियो । बोरुसिया डर्टमन्टमा यस सत्र खासै राम्रो खेल्न नसकेका गोट्जे भन्दा प्रशिक्षकले टिमो वेरनर योग्य देखेका छन् ।
फरवार्ड
माउरो इकार्डी( अर्जेन्टिना), अल्भारो मोराटा( स्पेन) :इन्टरमिलानका निम्ती सानदार प्रदर्शन गर्दै ३४ खेलमा २९ गोल गरे पन िमाउरो टोलीमा अटाएनन् । अर्जेन्टिनाको टोलीमा लियोेनेल मेसी, गोन्जालो हिगुइन,पाउलो डेबयला र सर्जीयो अगुइरो रहेका छन् । चेल्सीका निम्ती सानदार प्रदर्शन गरे पनि स्पेनको टोलीमा डिएगो कोस्टा,लागो अस्पास,रोड्रिगो र लुकास भाक्युज रहे पछि मोराटा टोलीमा अटाएका छैनन् ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५