इिन्डियन्स प्रीमीयर लिग क्रिकेटमा राजस्थान रोयल्स बाहीरिएको छ । बुधबार इडेनगार्डेनमा भएको खेलमा कोलकाता नाइटराइडर्ससंग २५ रनले पराजित हदै राजस्थान बाहीरिएको हो । विजेता कोलकाताले फाइनल प्रबेशका लागि सनराइजर्स हैदराबारदसंग खेल्ने छ । १७० रनको लक्ष्य पछ्याएको राजस्थान निश्चित जित तर्फ अग्रसर देखिए पनि अन्तिम समयमा कुलदिप यादव,पियुष चावाला र प्रसिद्धी कृष्णाको उत्कृष्ट बलिङका सामु फीक्का सावित हुदै चार विकेटको क्षतीमा १४४ रनमा रोकियो ।
कृष्णाले चार ओभरमा २८ रन खर्चीदै एक, यादवले ४ ओभरमा १८ रन खर्चीदै एक तथा चावलाले ४ ओभरमा २४ रन खर्चीदै दुइ विकेट लिएका थिए । म्यान अफ द म्याच समेत भएका एन्ड्रयु रसेलले डेथ ओभरमा किफायली बलिङ गर्दै तिन ओभरमा २२ रन खर्चे । राजस्थानका लागि आजन्का रहानेले ४६ तथा सञ्जु सामसुनले ५० रा जोडे । यी दुइले दोश्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको सुरुवात एकदमै खराब रहेको थियो । कोलकाताले दोश्रो बलमा सुनिल नारयणलाई गुमाएको थियो । २४ रनमा तीन विकेट गुमाएको कोलकाताको पारी दिनेस कात्र्तिक, रसेल र सुभमन गीलले सम्हाल्दै योगफल १६९ रन पुगेको थियो । रसेल २५ बलमा ४९ रन जोड्दै नटआउट रहे पनि कात्र्तिकले ५२ तथा गीलले २८ रन जोडे ।एजेन्सी
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५