कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्स आइपिएलको इलिमिनेटर चरण अन्तरगत बुधबार खेल्दै छन् । बुधबार हुने सो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहीरिने छ भने विजयी टोलीले फायनल प्रबेशका लागि सनराइजर्स हैदराबादसंग खेल्ने छ । दुइ बर्षको प्रतिबन्ध पछि आइपिएलमा फर्कीएको राजस्थानका लागि कोलकातासंगको सो खेलमा दुइवटा चिन्ता रहेको छ । पहिलो इडेनगार्डेनमा पछिल्लो सात खेलमा राजस्थानले एउटामा मात्र जित हात पारेको छ । दोश्रो टोलीका प्रमुख खेलाडी जोस बटलर र बेन स्टोक्स रहने छैनन् ।
यस अघि भएका दुवै खेलमा कोलकाताले राजस्थानलाई हराएको थियो । जयपुरमा भएको खेलमा नितिस रानाको अलराउण्ड प्रदर्शनको सहयोगमा कोलकाता सा तविकेटले विजयी भएको थियो । कोलकातामा भएको खेलमा कुलदिप यादवको ह्ीस्टपीनको अघि राजस्थान चुकेको थियो । मंगलबार बर्षाको कारा दुवै टोलीले अभ्याष गरेनन् भने बुधबार पनि पानी पर्ने सम्भावना २० प्रतिसत रहेको छ ।
क्रिस लिन स्पीनका सामु १३१ बलमा १२१ रन मात्र जोड्न सकेका छन् । चार पटक उनी स्पीनरबाटै आउट भएका छन् । यसकारण राजस्थानले पनि इनिङको सुरुवातमा एक स्पीनर प्रयो गर्ने निश्चित छ । राजस्थानले सुरुमै अफ स्पीनर के गौतम प्रयोग गर्ने भए पनि कोलकातासंगको खेलमा उपलब्ध दुइ लेग स्पीनर इस सोधी र श्रेयष गोपाल मध्य एक प्रयोग गर्ने सम्भावना धेरै छ ।
नारायणले अफ स्पीनरको २८ बलमा ७६ रन प्रहार गरेका छन् । जसमा गौतमलाई नै ९ बलमा २३ रन प्रहार गरेका थिए । त्यसो त नारायणले दाया हाते लेग स्पीनरसंगको १६ बलमा १८ रन प्रहार गरेका छन् । दुइ पटक आउट भएका छन् । लिनको सवालमा पनि लेग स्पीनरको त्यत्ति राम्रो प्रदर्शन छैन । गौतमको ओभर बाकी राखेर रोबीन उत्थप्पाको विरुद्ध प्रयोग गरिने सम्भावना पनि बढी छ । –एजेन्सी
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५