चेन्नाइ सुपर किङ्स आइपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा चेन्नाइले मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादलाई दुइ विकेटले पराजित गरेको हो । १४० रनको लक्ष्य पछ्याएको चेन्नाइले पाच बल बाकी रहदा आठ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको थियो । सनराइजर्सका बलर रशिद खान, सिद्धार्थ कौल र भवनेश्वर कुमारले पुरै समय निगरानीमा राखे पनि प्रारम्भीक ब्याट्सम्यानको रुपमा आएका डु प्लेसिसले ६७ रन जोडे । उनले ४२ बलको सामना गरेका थिए ।
अन्तिम तीन ओभरमा ४३ रन चाहीएको अबस्थामा खेल हैदराबादको पक्षमा गए जस्ता देखिए पनि त्यस पछिका दुइ ओभरमा खेलको दिसा पुरै मोडीएको थियो । कार्लोस ब्राथवेटले २० रन खर्चेको ओभरमा हरभजन सिंहको विकेट त चेन्नाइले गुमाएको थियो ।
यस पछी आएका सार्दुल ठाकुरको कारण हैदराबाद झनै स.कटमा पर्न गयो । १९ औ ओभरका सुरुवाती दुइबलमा नै सादुर्लको इज लागेर चौका भए पनि चेन्नाइलाई भाग्यले पनि त्यत्तिकै साथ दिएको थियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद सुरुवात देखि दवावमा रहे पनि अन्तिममा कार्लोस ब्राथह्वाइटले २९ बलमा ४३ रन प्रहार गरेका थिए । एजेन्सी
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५