काठमाडौं :युवा स्पीनर सन्दीप लामिछानेले आईपीएल आफ्नो खेल जिवनकै अविश्मरणीय यात्रा भएको बताएका छन् । आईपीएल खेल सकेर मंगलबार फर्किएका सन्दीपले त्रीभुवन विमानस्थलमै सञ्चारकर्मीहरु संग कुरा गर्दै यसो बताएका हुन् । उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।
सो क्रममा सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । आइपिएलका पछिल्ला तीन खेलमा मात्र समाबेश सन्दिपले सो क्रममा ५ विकेट लीएका थिए । मुम्बइ इन्डियन्ससंगको खेलमा उनले तीन विकेट लीएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५