आइपिएल २०१८ को पहिलो चरण आइतबार सकिदै छ । शनीबार हुने दिल्लीडेयर डेभिल्स र मुम्बइ इन्डिइनस खेल सबैभन्दा महत्वपूर्ण रहने छ । पहिलो खेलमा मुम्बइले जित हात पारे चौथो हुदै प्ले अफमा प्रबेश गर्ने छ । पहिलो खेलमा दिल्लीले जित हात पारे दोश्रो खेलको नतीजाले चौथो टोलीको तय गर्ने छ । दोश्रो खेलमा पञ्जाव पनि हारेमा राजस्थान रोयल्स चौथो हुदै प्ले अफमा खेल्ने छ । यदी पञ्जावले राम्रो रन रेटमा चेन्नाइलाई हराएमा पञ्जाब चौथो हुदै प्ले अफमा जाने छ भने कोलकोता पनि दोश्रोमा उक्लने छ । यदी प्रतिस्पर्धात्मक खेलमा पञ्जाव विजयी भए पनि बाहीरने छ भने कोलकोता तेश्रो हुने छ । चेन्नाइ दोश्रो स्थानमा रहने छ ।
दिल्ली र मुम्बइको खेलमा सबैको ध्यान १७ बर्षिय सन्दिप लामाीछाने र भेट्रान स्पीनर अमित मिश्राको साझेदारीमा केन्द्रित रहेको छ । चेन्नाइलाई हराउने क्रममा दिल्लीको यो जोडीले मिडल ओभरमा आठ ओभर बलिङ गर्दै ६ भन्दाकमको रनरेटमा रोकेका समेत थिए । मुम्बइलाइ पनि उनीहरुले रोकेमा हर्स पटेल र ट्रेन्ठ बोल्टलाई पनि डेथ ओभरमा बलिङ गर्न समहज हुने अपेक्षा गरिएको छ । –एजेन्सी
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५