जुन महिना रुषमा आयोजना हुने विश्वकप फुटबलका लागि युरापेली विजेता पोर्चुगलले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २३ सदस्यीय टोलीमा सन् २०१६ को युरो फाइनलमा गोल गर्ने एडर छैनन् । बैकल्पीक खेलाडकिो रुपमा मैदान प्रबेश गरेका एडरले अतिरिक्त समय सकिन ३ मिनेट बाकी रहदा विजयी गोल गरेका थिए । युरोकप खेलेका नानी, आन्द्रे गोमेज र रेनाटो साँचेज पनि टोलीमा अटाएनन् । सो युरोकपमा साचेँजले पनि सानदार प्रदर्शन गरेका थिए ।
पोर्तुगाली टोलीको गोलरक्षकमा रुइ पाट्रिसिओ, एन्थोनी लोपेज र बेटो छन् । यसैगरी, रक्षापक्तिमा सेड्रिक सोएरस, रिकार्डो परेइरा, मारिओ रुइ, पेपे, जोसे फोन्टे, ब्रुनो एल्भस, राफेल गुएरेइरो र रुबेन डिएस रहेका छन् ।
मिडफिल्डमा विलियम कार्वाल्हो, एड्रियन सिल्भा, जाओ मारिओ, जाओ माउटिन्हो,रुनो फर्नान्डेस र म्यानुएल फर्नान्डेस समाबेश छन् । यसैगरी, फरवार्डमा क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, गेल्सन मार्टिन्स, गोन्सालो गुएडेस र रिकार्डो क्वारेस्मा छन् ।–एजेन्सी
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५