अन्तिम अन्तराष्ट्रिय खेल सन् २०१६ को नोभेम्बर, अनि वायरन म्युनिखका लागि अन्तिम खेल । तीनै मानुयल नुयर रुषका हुने बिश्वकपसम्म ठिक हुन्छन् की हुदैनन् भन्ने चिन्ता जर्मनी बृत्तमा चलेको छ । चार बर्ष अघि ब्राजिलमा जर्मनीलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएका नुयर घाइते भए पनि सुरुवाती टोलीमा त छन् । तर, अन्तिमसम्म पुरा ठिक हुन्छन् की हुदैनन् भन्ने चासो धेरैलाई लागेको छ । चार अघि बिश्वकप ट्रफी मात्र होइन ,उत्कृष्ट गोलरक्षकको पुरस्कार पाएका उनको त्यो समयको प्रदर्शनमा संसारकै सबै फुटबल प्रेमीको ध्यान आकृष्ट भएको थियो ।
एक बर्ष भन्दा अघि देखि चोटसंग संघर्ष गरिरहेका उनले गत सेप्टेम्बरको मध्यमा चार खेल खेलेका थिए । यसैगरी, २०१६ नोभेमबर देखि जर्मनीका लागि खेलेका छैनन् । फर्कने प्रयासमा रहेका नुयरका सामु थुप्रै चुनौती छन् । ‘ लामो समय पछि अभ्याष गर्नु नै कठिन हो । फेरी ग्लोभ्स भिर्ने योजनामा छु । भिर्न पायन भने पनि ठिकै छु, ’ नुयरले भने ।शनीबार फ्रान्कफर्टमा हुने डिएफबी कपको फाइनल पछि उनको पुर्नगामना कता जाने हो भन्ने कुराको तय गर्ने छ ।
‘ नयुरलाई आफ्नो जिम्मेवारी थाहा छ । मलाई लाग्छ उ राम्रो संग फर्कने छ। ’ नुयरका बारे जर्मन प्रशिक्षक जोचीम लोउले भनेका छन् । जर्मनीका नयर पछिका दोश्रो रोजाइका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले गत कन्फरडेसन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस कारण नयुरका लागि पहिलो रोजाइको गोलरक्षक हुन त्यत्ति सहज छैन । सायद २ जुनमा अस्ट्रियासंग खेले पछि लोउको गेम प्लान तय हुने छ । –एजेन्सीको सहयोग
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५