काठमाडौं। नेपाली स्पिनर सन्दीप लामिछाने विश्व ११ टोलीबाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ । त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले जनाएको छ । यो सफलता भन्दा अघि उनले आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको रुपमा कीर्तिमान राखेका थिए
। गत वर्षको आँधिका कारण भत्कीएको रोनाल्ड वेबस्टर पार्क रंगशाला पुनर्निमाणको लागि यो च्यारिटी खेल हुन लागेको हो । इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानका शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा रहेका छन् । विश्व ११ का अन्य खेलाडीमा बंगलादेशका तामिम इकबाल, भारतका दिनेश कार्तिक, अफगानीस्तानका रशिद खान, मिचले म्याकलेनाघन, भारतका हार्दिक पाण्डे र लुक रोन्ची छन् ।
कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गायल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, र केसरिक विलियम्स लगायत खेलाडी समाबेश छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५