सन् ८० र ९० को दशकका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रभावकारी मिडफील्डर मणि शाहलाई मंगलबार उनका समर्थक र शेभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली दिए । सोमबार निधन भएका शाहको पार्थिब शरीरलाई पशुपती आर्यघाटमा अन्तिम दाह सस्कार गरिनु अघि श्रद्धाञ्चलीका लागि बिहान १० देखि १२ बजेसम्म दशरथ रंगशाला परिसरमा राखिएको थियो ।
पित्तथैली र कलेजोको समस्याबाट पिडित शाहको सोमबार साझँ निधन भएको हो । उनलाइ आइतबार साँझ उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार गरिएका शाहको उपचारकै क्रममा सोमबार बेलुका निधन भएको हो ।
१७ बर्षको उमेरमा नेपाली राष्ट्रिय फुटबल टोलीमा प्रबेश पाएका उनले सन् १९८५ देखि १९९८सम्म राष्ट्रिय टोलीबाट खले । सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले एक मात्र स्वर्ण पदक फुटबलमा जित्दा मणिले सनसनीपूर्ण प्रदर्शन गरेका थिए । भारतसंग पछि परेको अबस्थामा मणिकै सानदार फ्रिकिकमा नेपाल खेलमा फर्कीएको थियो ।
उनले राष्ट्रिय टोलीबाट ४८ खेले खेल्दै ६ गोल गरेका थिए । यसक्रममा उनले दुइ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरे । सन् १९८० र ९० को दशकको नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरु ब्राजिलका प्रशिक्षक सान्तोषको कारण पनि मणिको फ्रिकिक निखारिएको बताउछन् ।
घरेलु फुटबलमा मणिले आरसीटी, एनआरटी, फ्रेन्ड्स, ब्वाइज युनियन, आरएनएसी र एमएमसीबाट खेले । यी मध्य उनले लामो समय मनाङ मस्र्याङदी क्लब( एमएमसी) मा उनले विताएको समय सबैभन्दा महत्वपूर्ण रह््यो । मणिको उत्कृष्ट प्रदर्शनसंगै एमएमसी ए डिभिजन क्लबमा बढुवा भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५