काठमाडौं । फिफा को वरियतामा नेपाल तीन स्थान फड्को मारेको छ। फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको हो । अघिल्लो महिना १६५औँ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै १६२औँ स्थानमा चढेको छ।
दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत २ स्थान सुधार गर्दै ९७औँ स्थानमा छ भने माल्दिभ्स ३ स्थान सुधार गर्दै १४७औँ स्थान छ ।
४ स्थान सुधार गरेको भुटान १८४औँ स्थानमा उक्लेको छ। बंगलादेश १९७औँ स्थानमा यथावत छ।
विश्व वरीयतामा भने जर्मनी शीर्ष र ब्राजिल दोस्रो स्थान यथावत छ। बेल्जियम २ स्थान सुधार गर्दै तेस्रोमा पुग्दा पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौ स्थानमा झरेको छ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४