रूपन्देही । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको अवलोकनमा हिडेका हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस सहितको टोलीले रुपन्देही जिल्लाको सैनामैनामा मंगलबार जग्गाको अवलोकन गरेका छन ।
सैनामैना ७ देउवापारमा रहेको लम्टिया खेल मैदानको सम्भावना बारे निरीक्षण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनको टोली रुपन्देही जिल्लामा आएको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले अन्र्तराष्ट्रिय स्तरका रंगशाला बनाउने घोषणा गरेपछि सैनामैना नगरपालिकाले लम्टिया खेल मैदानमा रहेको ६५ बिगाहा जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणा अनुरुप टोली सैनामैनामा आएको हो ।
टोलीले खेल मैदानको निरक्षण गर्दै ३ –४ वटा सम्म स्टडियम बन्न सक्ने सम्भावना रहेको बताएका छन । प्राविधिक टोली सहित आएका धुर्मुसले खेल मैदानको अवलोकन गर्दै अहिले जँहा स्टडियम बने पनि सैनामैना एक दिन स्टडियम बन्ने बताउनु भएको छ ।
बिज्ञ र प्राविधिकको परार्मशबाट छिट्टै नै रंगशाला निर्माणको टुंगो लाग्ने बताउँदै उँहाले ४० हजार दर्शक अट्न रंगशाला बनाउने बताउनु भएको छ । नेपालमा नै पहिलो पटक बन्न लागेको रंगशालाको नाम गौतमबुद्ध अन्र्तराष्ट्रिय रंगशाला रहने धुर्मुसले जानकारी दिनु भएको छ ।
सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गामा ३–४ वटा स्टडिय बन्न सक्ने प्राविधिक रविभुषण झाले बताउनु भएको छ । उँहाले भन्नुभयो पहिले काठमान्डौमा बन्यौ भने त्यसपछि यँहा बन्छ ,यँहा बन्यो भने त्यसपछि काठमान्डौ बन्ने आवश्वसान समेत दिनु भएको छ । त्यसको लागि प्राविधिक तथा बिज्ञहरुसँग छलफल गरी निर्णयमा पुगिने उँहाले बताउनु भएको छ । सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकै सैनामैना रहेको र पुर्व पश्चिम राजमार्गले छोएकोले उपयुक्त स्थान भएको बताउनु भयो ।
रंगशाला निर्माण गर्नको लागि ६५ बिगाहा जग्गा उपलब्ध गराउने मेयर बार्कीले बताउनु भएको छ । रुपन्देही जिल्लामा बन्दै गरेको अन्र्तराष्ट्रिय बिमानस्थल रहेकाले सैनामैना सुरक्षित र वातावरणमा पनि उपयुक्त भएकाले अन्र्तराष्ट्रिय रंगशाला निर्माणको लागि उपयुक्त हुने स्थानीयहरुको भनाई छ ।
पुर्व पश्चिम क्षेत्रको बिच भागमा पर्ने भएकाले उपयुक्त सैनामैना हुन सक्ने भनाई छ । लगत्तै फाउन्डशनले भैरहवामा रहेको शिद्धार्थरंगशालाको अवलोकनको लागि गएको छ । यस अगि काठमान्डौको कीर्तिपुर र मुलपानीको मैदानको पनि धुर्मुसले अध्ययन अवलोकन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४