रूपन्देही । बुटवलमा सञ्चालित २०औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले हात पारेको छ ।
बुटवलस्थित एन्फा एकेडेमी फुटबल मैदानमा आज भएको अन्तिम खेलमा चार पटकसम्म तिलोत्तमा गोल्डकपको उपाधि जितेको विभागीय टोली नेपाल प्रहरीलाई २–० ले पराजित गर्दै थ्रीस्टार उपाधि जितेको हो । थ्री स्टारले उपाधिसँगै रु सात लाख ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता नेपाल प्रहरीले रु चार लाख ४४ हजार ४४४ नगद प्राप्त गरेको छ ।
शनिबार भएको खेलमा ६६औँ मिनेटमा आत्मघाती गोल गरेर नेपाल प्रहरीका रविन श्रेष्ठले थ्री स्टारको खाता खोलिदिएका थिए भने ७९औँ मिनेटमा निराजन खड्काले गोल गरेपछि थ्री स्टारले उपाधि पक्का गरेको हो । ने
थ्री स्टारले तिलोत्तमाको उपाधि प्राप्त गर्न सकेको हो । प्रतियोगितामा थ्री स्टारका निराजन खड्का उत्कृष्ट खेलाडी भए । उनले एउटा स्कुटी प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाल प्रहरीका मेघराज केसी उत्कृष्ट कोच, रेजिन सुब्बाले उत्कृष्ट स्टाइगर, भोला सिलवालले उत्कृष्ट मिडफिल्डरको उपाधि र थ्री स्टारका एलन न्यौपानेले उत्कृष्ट गोलकिपर र लाली रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भए । उत्कृष्ट पाँचै खेलाडीले रु २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४