चितवन । विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले फ्रेण्डस क्लवलाइ ३–१ गोल अन्तरले पराजित गरेको छ ।
यसैबीच बिहिबार दोस्रो सेमिफाइनल खेल हुदै छ बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबले मनाङ मस्याङदी क्लवको सामना गर्ने छ खेल दिउसो साढे ३ बजेपछि शुरु हुने छ बिहिबारकोे बिजेताले उपाधिका लागि एपीएफको सामना गर्ने छ यसअघि मंगलबार भएको अन्ति क्वाटरफाईनलमा नारायणगढ फुटबल क्लव (एनएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमीफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वा्िधक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४