चितवन । १३ औं जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट गितानगरमा शुरु भएको छ । गीतानगर तेक्वान्दो डोजाङको आयोजना र राष्ट्रिय तेक्वान्दो संघ नेपालको समन्वयमा भएको प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
खेलको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नंं ६ का वडा अध्यक्ष हरि विलास कोइरालाले खेल क्षेत्रको विकासका लागि खेलकुद निती परिवर्तन गर्न आवश्यक रहेको वताए । ऐन संशोधनलाइ लागि निती निर्माताहरु समक्ष पहल गरिने उनले प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले नेपालमा गणतन्त्र देखि लोकतन्त्र सम्म आइसकेको अवस्थामा पनि खेल जगतले त्यस अनुसार फड्को मार्न नसकेको वताए । विंस. २०४६ देखिका खेलकुद निती पालना गरिराख्नु परेको अवस्था रहेको भन्दै उनले खेलकुदका नयां निती नियम बनाउन जरुरी रहेको वताए ।
स्वस्थ रहनका लागि पुरुषले दैनिक १५ हजार पाइला र महिलाले दैनिक १० हजार पाइला हिड्नुपर्ने भन्दै स्वस्थ रहनका लागि खेलकुद एकदमै महत्पुर्ण रहने श्रेष्ठको भनाइ छ । प्रतियोगितामा चितवनका १४ ओटा र नवलपुरका ४ ओटा गरि १८ ओटा डोजाङको सहभागिता रहेको आयोजकले जनाएको छ ।
२ सय २५ जना तेक्वान्दो खेलाडी सहभागि हुने प्रतियोगितामा २० देखि ६३ तौलका विभिन्न समुहमा प्रतिस्पर्धा हुने आयोजक गीतानगर तेक्वान्दो डोजाङका सचिव सुरज गोदारले जानकारी दिए । कार्यक्रम गीतानगर तेक्वान्दो डोजाङका अध्यक्ष धन बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४