चितवन । नारायणगढको क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मनाङ मस्र्याङदी क्लब बिजयी भएको छ ।
सुदुरपश्चिमाञ्चल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मस्र्याङदी क्लब बिजयी भएको हो । यसैबीच शनिबार पनि १ खेल हुदै छ । शनिबार हुने खेलमा शसस्त्र प्रहरीबलले संकटा क्लबको सामना गर्ने प्रतियोगिताका प्रचार प्रसार संयोजक सुरेश प्रधान मञ्जुलले जानकारी दिनुभएको छ । खेल दिउँसो ३ बजे पछि सुरु हुने छ ।
यसअघि बिहिबार भएको खेलमा शशस्त्र प्रहरी बलको एपिएफ क्लबले भरतपुर फुटबल क्लब भरतपुरलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । फागुन १९ गतेसम्म सञ्चालन हुने चितवनकै सर्वा्िधक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।दर्शकको सहजताको लागि मैदानमा प्याराफिटको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४