काठमाडौं । नामिवियामा जारी अाइसीसी क्रिकेट वर्ल्ड डिभिजन टुको अन्तिम खेलमा नेपालले क्यानडालार्इ पराजित गरेको छ । करण केसीले नटआउट ४२ रनको मद्दतले नेपालले क्यानडालार्इ अन्तिम वलमा एक विकेटले पराजित गरेको हो ।
यो विजयसँगै नेपालले अर्को मिहना हुने वान डे वर्ल्डकप क्वालिफायरमा खेल्न पाउने भएको छ । टस जितेर क्यानडालार्इ ब्याटिङको निम्तो दिएको नेपालले उसलार्इ १९५ रनमा रोकेको थियो ।
लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८ अंक जोडेको छ । ४२.१ ओभरमा १४४-९ को अवस्थामा रहेको नेपाललाई करण र सन्दीपले दशौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै ऐतिहासिक जित दिलाएका हुन् ।
नेपालको जितमा दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाए । यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले १८ बल खेल्दै नटआउट ५ रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर श्रीमन्थ विजेरत्नेको नटआउट १०३ रन मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
यस्तै अर्को खेलमा घरेलु टोली नामिबियालाई पराजित गर्दै युएई दोस्रो स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ।
५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया समान ६ अंक जोडेको युएई रनरेटमा अगाडी रहदै दोस्रो भएको हो। अब नेपाल र युएईबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४