भरतपुर । दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा महतो कटेज साझापुर मेघौलीलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै नेपाली सेनाको यो टोली फाइनलमा पुगेको हो ।
पहिलो सेट २३–२५ मा गुमाएको दी फेमसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि तेस्रो सेट २१–२५ ले गुमाएपनि त्यसपछिका दुई सेटमा २५–२० र १५–६ को जित निकालेपछि उपाधि भिडन्त पक्का गरेको हो ।
दी फेमसले अब उपाधिका लागि बिहीबार हुने चुलो रेष्टुरेन्ट नारायणगढ र हिमाल युवा क्लब भरतपुर–१३, चम्पानगरबीचको सेमीफाइनल विजेतासँग प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । फाइनल खेल दिउँसो २ बजे गरिनेछ । त्यसअघि बिहान ११ बजे दोस्रो सेमीफाइनल गराइनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र सेमीफाइनलमा पराजित दुई टिमले १०–१० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा कूल १३ टिम सहभागी थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४