काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले दोस्रो जित निकालेको छ । कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।
११५ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको जित निकालेको हो । ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको थियो भने दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए ।
आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।
आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए । रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ।
ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।
नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दिप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे । यो जितसँगै नेपाल दोस्रो स्थानमा उक्लिएको छ । क्यानाडा शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको क्यानाडाको ६ अंक छ ।
समान तीन खेल खेलको नेपालको चार अंक छ । त्यस्तै ३ खेल खेलका अोमान र यएर्इको २/२ अंक छ ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४