काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अार्इपीएल खेल्ने भएका छन् । अाइतबार खेलाडी किनवेचको अन्तिम दिन सन्दीपलार्इ दिल्ली डेयरडेबिल्सले किनेको हो ।
डेयरडेबिल्सले १७ वर्षीय नेपाली खेलाडी सन्दीपलार्इ २० लाख भारतीय रूपैयाँमा टिममा भित्राएको हो । सन्दीपलार्इ भित्राउँदै दिल्लीले उनलार्इ स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताएको छ ।
डियरडेबिल्सले स्पिनर लामिछानेलाई स्वागत गरेको ट्विट गर्दै पहिलो नेपाली खेलाडी भित्र्याउन पाएकोमा खुशी जनाएको हो।
आइपीएलको ११औँ संस्करणका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेबिल्सले छनोट गरेपछि उनी आइपिएलमा छानिएका पहिलो नेपाली भएका हुन्। हिजोदेखि सुरु भएको अक्सनमा लामिछानेलाई २० लाख भारु लिएको हो।
आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा थियो। अब उनी आइपिएलमा दिल्लीका लागि खेल्ने छन्।
५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा थियो। उनी अनक्याप्ड स्पिनरको लिस्टमा थियो। उनको बेस प्राइस भारु २० लाख थियो त्यसमै दिल्लीले किनेको हो।
उनी समेटिएको दिल्ली डेयरडेबिल्समा अस्ट्रेलियन स्टार गेलेन मेक्सवेलदेखि भारतका गौतम गम्भीरसम्मका खेलाडी समेटिएका छन्। सम्भवत गम्भीरले टीमको नेतृत्व लिनेछन्। गौतम गम्भीर अघिल्ला आइपिएलमा कोलकाता नाइटराइडर्सका क्याप्टेन थिए।
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४