कास्की । पोखरामा चलिरहेको आहा रारा गोल्डकपमा बंगलादेशको उत्तर बरिन्धारा क्बल विजयी भएको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटर फाइनल खेलमा बङ्गलादेशको उत्तर बरिन्धारा क्लवले सुदूरपश्चिम ११ स्पोर्टिङ्ग क्लवलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हापको ७४ औं मिनेटमा बरिन्धाराका मिडा मास्साले गोल गरे । त्यस्तै ८३ औँ सायला सान्लोमानेले गोल गर्दै टिमलार्इ जित तर्फ डोर्याए । सुदूरपश्चिम ११ स्पोर्टिङ्ग क्लवका लागि एकमात्र सान्त्वना गोल ८८ औं मिनेटमा विनोद केसीले गरेका थिए ।
सुदूरपश्चिम ११ स्पोर्टिङ्ग क्लव आयोजक सहारा क्लवलाई हराउँदै क्वाटरफाईनल प्रवेश गरेको हो । त्यस्तै बरिन्धारा क्लव वाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको हो ।
खेलको अतिरिक्त समयमा निकै तनावपूर्ण .अवस्था सिर्जना भएको थियो । खेलमा बरिन्धाराका कान्डे लान्साने र सायला सान्लोमाने रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए । आइतबार दोश्रो क्वाटरफाइनल अन्तर्गत त्रिभुवन आर्मी क्लव र धरान फुटबल क्लवबीच हुने आयोजक सहारा क्लवले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४