काठमाडौँ । हङकङसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय भलिवल टोली हङकङ पुगेको छ । यही अाइतबार र सोमबार मैत्रिपुर्ण खेल खेल्न नेपाली २१ सदस्यीय टोली हङकङ पुगेको हो ।
नेपाली टोलीमा १२ खेलाडी ९ जना अफिसियल सहभागि छन् । नेपाली टोलीमा ईश्वर थापा, हरि बहादुर अधिकारी, दुर्गा महतो, दिल सुनार, धन भट्ट, राज निरौला, नरेन्द्र गिरी, मान श्रेष्ठ, कुल थापा, भैरब बम, महेन्द्र श्रेष्ठ र क्याप्टेनमा एम मगर रहेका छन्।
त्यसैगरी राज कुमार गुरुङ व्यवस्थापक लगायत नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठ र महासचिव जितेन्द्र चन्द पनि हङकङ आएका छन्। टोलीमा दुई जना प्रशिक्षक, दुई पत्रकार र एक रेफ्री छन्।
नेपाली टोलीले चुनमुन बटर फ्लाईबिचस्थित भलिबल कोर्टमा अपरान्ह ४ बजे बाट हङकङको टिमसँग खेल्नेछ। भलिबल एसोसियसन हङकङले होम–अवे गरी दुई दिन खेल हुने जनाएको छ। पहिलो खेल आइतबार सातिनस्थित युनचाउ कोक स्पोर्ट्स सेन्टरमा साँझ ४ बजेदेखि ७ बजेसम्म हुनेछ। अर्को खेल सोमबार सेङसुईस्थित पो विङ रोड स्पोर्ट्स सेन्टरमा राती ८ बजेबाट ११ बजेसम्म हुनेछ।
सन् १९८३ मा जापानको राजधानी टोकियोमा सम्पन्न एसियन मेन्स भलिबल च्याम्पियनसिपको ३४ वर्षपछि हङकङ र नेपाली राष्ट्रिय भलिबल टोली आमनेसामने हुन लागेका हुन्।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४