काठमाडौं । नेपाली पुरुष तथा महिला बक्सिङ टोलीले भारतको नयाँ दिल्लीमा हुने प्रथम इन्डिया ओपन बक्सिङ च्याम्पियनसिपमा सहभागिता हुँदै छन् ।
नेपाल बक्सिङ संघका अनुसार दिल्लीमा हुने प्रतियोगितामा सहभागि हुन् ६ महिला खेलाडी र ६ पुरुष खेलाडी त्यसतर्फ गएका हुन् । टोली बिहीबार दिल्ली गएको छ । अाजै देखि फेब्रुअरी २ सम्म प्रतियोगिता चल्ने छ ।
प्रतियोगितामा महिलातर्फ ललिता महर्जन (४८ केजी), माला राई (५१ केजी), विमला श्रेष्ठ (५४ केजी), संगीता सुनार (६० केजी), पुनम रावल (६४ केजी) र सरस्वती रानाले ७५ केजीमुनि चुनौती पेस गर्नेछन् ।
यस्तै, पुरुषतर्फ तेजबहादुर देउवा (४९ केजी), प्रेम चौधरी (५२ केजी), भुपेन्द्र थापा (६४ केजी), विष्णुप्रसाद घले (६९ केजी), मनोहर बस्नेत (८१ केजी) र आशिष दवाडीले ९१ केजीभन्दा माथि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४