काठमाडौँ । यस वर्षको एनएनअार्इपीए स्पोर्टस् अवार्ड माघ १७ मा वितरण गरिने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीलाई हरेक वर्ष प्रदान गर्दै आइरहेको एनएनआईपीए स्पोर्ट्स अवार्ड यसपटक २७ माघमा हुने भएको हो ।
टोखामा हुने कार्यक्रममा विभिन्न ३५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
यसपटक पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश सबै ३५ खेलका खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी गराए । गत वर्ष यो अवार्ड २५ खेलाडीलार्इ वितरण गरिएको थिययो ।
फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लनटेनिस, सफ्ट टेनिस, टेबलटेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथलन, खोखो, स्नुकर तथा विलियर्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका खेलाडी सम्मानित हुनेछन् ।
उनीहरूलाई जनही १० हजार नगद र अवार्ड प्रदान गरिनेछ । त्यस्तै, धावक स्वर्गीय गजराज जोशी आदर्श खेलाडी अवार्डबाट एक खेलाडीलाई सम्मान गरिनेछ । यो अवार्डको रकम २५ हजार गजराज जोशी ट्रस्टले प्रायोजन गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४