३० पुस, काठमाडौँ । स्पेनिस लिग फुटबलमा रियल मड्रिडलाई भिल्लारियलले उसैको मैदानमा १–० ले पराजित गरेको छ । खराब लयमा रहेको रियल मड्रिड विरुद्ध भिल्लारियलका पाब्लो फार्नाल्सले ८७ औं मिनेटमा निर्णायक गोल गरे । स्पेसिन लिग फुटबलमा रियल मड्रिडमाथि भिल्लारियलको यो पहिलो जित हो ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४