३० पुस, काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई लेष्टर सिटीले गोलरहित बराबरीमा रोकेको छ । गएराति नै भएको खेलमा क्रिष्टल प्यालेसले बर्न्लेलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्स्फिल्ड टाउनमाथि ४–१ कोे प्रभावशाली जित निकाल्यो । यसैगरी वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो । गएराति वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४