४ पुस, काठमाडौं । बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि यही पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोल अन्तरले पराजित भएको
प्रकाशित मिति: सोमबार, पुस ३, २०७४