३ पुस, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन ।प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिएको उनका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गरेका छन । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा अाइतबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको हो ।
प्रकाशित मिति: शनिबार, पुस १, २०७४