२७ कात्तिक, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन । टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर समावेश गरिएको छ । टोलीको गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ रहेका छन । त्यस्तै डिफेण्डरमा बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन । त्यस्तै मिडफिल्डरमा सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर र सुनील वाल रहेका छन । त्यस्तै फरवार्डमा भरत खवास, विमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहेका छन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४