७ कात्तिक, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करण पुस ४ गतेदेखि हुने भएको छ । कीर्तिपुरमा हुने प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा १२ दिनसम्म सञ्चालन हुने आयोजक इपिएल प्रालीले जनाएको छ । प्रतियोगितामा ६ टिमले खेल्ने यसअघि नै तय भइसकेको छ । इपिएलको लागि सोमबार काठमाडौंमा खेलाडीको बोलकवोल सकिएको छ । यस्तै इपिएल प्रालि र नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स्बिच एक बर्षको प्रायोजन सम्झौता भएको छ । इपिएलको विजेताले अहिलेसम्मकै धेरै अर्थात २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४