६ कात्तिक, काठमाडौँ । भारतलाई पराजित गर्दै पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ६ विकेटले विजयी भएको छ । २ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले ४९ ओभरमा ४ विकेटको समाप्तिमा भेट्टायो । न्युजिल्याण्डलाई जिताउन टोम लाथमले १ सय ५ र रोश टेलरले ९५ रनको योगदान गरे । यस्तै बंगलादेशसँगको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका दुई सय रनले विजयी भएको छ । ३ सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेश ४० ओभर ४ बलमा १ सय ६९ रनमा अलआउट भयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४