२ कात्तिक, काठमाडौँ । च्याम्पियन्स लिगमा बुधबार समूह ‘सि’ अन्तर्गतको खेलमा चेल्सी र रोमाले ३–३ को बराबरी खेलेका छन् । समूह ‘सि’ मा सात अंकका साथ चेल्सी शीर्ष स्थानमा रहेको छ भने पाँच अंकका साथ दोस्रो स्थानमा छ । बुधबार नै भएको समूह ‘सि’ को अर्को खेलमा टर्किस क्लब काराबागले एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको छ । एथ्लेटिको मड्रिडले तीन खेलमा हार र २ बराबरी गर्दै २ अंकका साथ तेस्रो स्थानमा छ भने काराबाग १ अंकका साथ समूहको पुछारमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४