३० असोज, काठमाडौँ । हङकङसँगको क्रिकेट खेल रद्द भएपछि नेपाल डिभिजन टु मा घटुवा भएको छ । नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको हो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल सोमबार रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो । यस घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै रहेको छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ । डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरीमf नामिबियामा हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४