२९ असोज, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको आज हुने भनिएको खेल भोलिका लागि सरेको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल आजका लागि तोकिएको थियो । तर आँधीको कारण देखाउँदै खेल सोमबारका लागि सारिएको छ । हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलमा आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४