२४ असोज, बर्दिया । बर्दियाको ठाकुरबाबा एक नेपाली युवाको फुटबल खेल्दाखेल्दै ज्यान गएको छ । ठाकुरबाबा नगरपालिकामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्दा खेल्दै बेहोस भएका एक जना खेलाडीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४