६ असोज, काठमाडौँ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले पराजित गरेको छ । नेपालका रोमन लिम्बुले खेलको ७ औँ मिनेटमा र रेजिन सुब्बा ५७ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो। राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको पहिलो पटक थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४