४ असोज, काठमाडौँ । १६ वर्षमुनिको एसियाकप फुटबल छनौटमा इराकसँग नेपाल १–० गोल अन्तरले पराजित भएको छ । सशस्त्र प्रहरीको हल्चोकमा रहेको मैदानमा भएको खेलमा इराकले ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउँछन ।
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४